२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाणपत्र, बत्तीसपुतलीबाट ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ बत्तीसपुतलीका ३ वटा फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाण पत्र बन्ने गरेको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले फोटो स्टुडियोमा छापा मारेर नक्कली शैक्षिक प्रमाणपत्रसहित स्टुडियोका सञ्चालकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बत्तीसपुतलीस्थित एभी-१ फोटो स्टुडियो सञ्चालक मोरङ घर भएका चबुरलाल चौधरी,  एम.ए जेनेरल फोटो स्टुडियो सञ्चालिका सिन्धुलीको सुनकोसी गाउँपालिका घर भएकी सुमित्रा कोइराला र आर एन फोटो स्टुडियोमा कार्यरत सोलुखुम्बु घर भएकी २४ वर्षीया फुल्हमु तामाङ छन् । 

त्रिभुवन विमानस्थलबाट भिजिट भिसा लिएर विदेश जानेहरूको कागजात जाँच गर्दा प्रहरीले नक्कली कागजात फेला पारेपछि त्यसबारे अनुसन्धान थालेको थियो । फोटो स्टुडियो सञ्चालकहरूले ५ सय र १ हजार रुपैयाँ लिएर एसएलसी र प्लसटुका नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन प्रयोग हुने विभिन्न उपकरण र तयारी अवस्थाका नक्कली प्रमाणपत्रहरू पनि बरामद गरेको छ । सो स्टुडियोहरूमा खाडी मुलुकमा वैदेशिक रोजगारमा जानेहरूले नक्कली प्रमाणपत्र बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस