डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै थपियो बेड « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै थपियो बेड


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ ।

बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ जसमा १ जना गम्भीर अवस्थाका छन् ।

उनले जनरल वार्डमा १२ बेड भने अहिले खाली रहेको बताए । हाल टेकु अस्पतालमा दैनिक डेंगु क्लिनकमा आउनेको संख्या २०० भन्दा बढी छ भने इमरजेन्सीमा ७० बढी बिरामी आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस