२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका व्यक्तिको लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ।

अमूल्य फाउन्डेसनले मङ्गलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए।

उनले समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निष्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू पर्ने गरेको उल्लेख गर्दै उनीहरूलाई लक्षित गरेर नीति बनाउन लागेको बताए। उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हित, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए। उनले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताए ।

उनले भने, ‘२०१५ को जुन हाम्रो भूकम्प छ र कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ। खास गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै आपतविपद् आइप¥यो। त्यसले हामीलाई हाम्रा नीति, योजना, कार्यक्रम, तर्जुमा र कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमा पनि धेरै कुरा परिमार्जन र परिष्कृत गर्नुपर्छ भन्ने कुरा सिकाएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउँदै छौँ। त्यसमा एक लेभलको डिस्कशन त भइराखेको छ। मलाई के विश्वास छ भने यो दुई दिनको छलफलले पनि निकालेको निष्कर्ष मन्त्रालयले पायो भने राष्ट्रिय नीतिमा समावेश भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको समन्वय, सहकार्य गरेर आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हित, हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गरेर कार्यक्रम तय गर्ने, नीति योजना तर्जुमा गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने र सँगै असल नतिजा दिनेतर्फ पनि हामी लाग्नेछौँ।’

कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक हाते पुस्तिका पनि विमोचन भएको छ। पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो। पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेकोप्रति स्वामित्व लिएकोमा खुसी प्रकट गरे।

प्रतिक्रिया दिनुहोस