२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै भवन नहुँदा सास्ती, पानी चुहिने समस्याले गर्दा हैरान छन् प्रहरी 

अ+ अ-

काठमाडौँ । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यामा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोर्नु परेको बताउँछन् । 

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ । चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ ।  

यारी प्रहरी चौकीका इन्चार्ज तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताए । चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । बर्सेनि प्रहरीले यस्तो समस्या भोग्दै आएको छन् ।  दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा सुरक्षित आवास तथा व्यवस्थापन नहुँदा समस्या हुँदै आएको छ ।

आकाशमा बादल देखिने बित्तिकै फोन सम्पर्कसमेत नहुने गरेको प्रहरीको गुनासो छ । सीमा क्षेत्रमा भाषाको समेत उत्तिकै समस्या रहँदै आएको छ । यहाँ मात्र होइन, हिमाली क्षेत्रमा रहेका अधिकांश प्रहरी चौकी तथा अन्य सरकारी कार्यालयको अवस्था नाजुक रहेको छ । सरकारी उपस्थिति समेत कम हुँदै आएको छ । 

जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी इकाइ छन् । तर, अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ । भाडाका १४ प्रहरी चौकीमध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन् । भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ । भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती व्यहोर्दै सेवा प्रवाह गरिरहेका छन् ।

भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ । एउटै घरमा कार्यालय र ब्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ । भाडाको नाममा मासिक करिब ५ लाख रुपैयाँसम्म खर्च भइरहेको प्रहरीको भनाइ छ । केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ । केही ठाउँमा गाउँपालिकाले व्यहोरिरहेको छ । 

सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकीहरू यारी, धारापोरी, खार्पु, याङ्चु, सर्केदेउ, पिप्लाङ र मिमीमा भाडाको घरमा प्रहरी बसिरहेको छ । त्यस्तै गल्फागार्ड, छप्रेला, मैला, कवाडी र तुम्च प्रहरी चौकी पनि भाडाको घरमा राख्नुपरेको छ ।  

ट्राफिक प्रहरी कार्यालय सिमकोटको पनि आफ्नै भवन छैन । कतिपय ठाउँका प्रहरी चौकी भवन जीर्ण हुँदा ढल्ने अवस्थाका रहेको बताइको छ । ग्रामीण क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त घर नहुँदा स्टोर, ब्यारेक र कार्यालय एउटै घरमा राख्नुपरेको प्रहरीको गुनासो छ । 

विपद् व्यवस्थापनका सामग्री राख्ने ठाउँसमेत नहुँदा गाउँमा कुनै घटना भए नियन्त्रणमा समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयसहित ६ वटा प्रहरी चौकी मात्र अहिले आफ्नै भवनमा छन् । सदरमुकाम सिमकोटस्थित इलाका प्रहरी कार्यालय डिभिजन वनको भवनमा बस्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस