३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमान्- श्रीमती र बहिनी एउटै निर्वाचन क्षेत्रबाट सिफारिस

अ+ अ-

बारा । बारा काँग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीन जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सिफारिस भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मीना शर्मा (ढकाल) समानुपातिकतर्फ सिफारिस भएका हुन्।

बारा क्षेत्र नम्बर ४ (क) का क्षेत्रीय सभापति सुमनकुमार भट्टराईले कार्यकर्ताको मन राख्नकै लागि मापदण्डलाई बेवास्ता गरेको स्वीकार गरे। प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराको शनिवारको बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १८ जनाएको नाम सिफारिस गरेको हो ।

एउटै परिवारका तीन जनासम्म सिफारिस भएको सन्दर्भमा आकाङ्क्षीले सोच्ने कुरा भएको तर्क गरे। ‘हामीले त किन मन दुखाउने भनेर जो–जो आए सबैको नाम पठायौँ’ उनले भने। अधिकतम ३ जनाको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि आकाङ्क्षी उम्मेदवारको संख्या धेरै भएका कारण यति धेरैको नाम सिफारिस गरेको उनको भनाइ छ ।

प्रत्यक्षतर्फका दाबेदार ९ जना उम्मेदवारमध्येका ओमकृष्ण कार्की २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार सुन्दर विश्वकर्मासँग पराजित भएका थिए। शोभा लामा समानुपातिक तर्फको बहालवाला प्रदेशसभा सदस्य हुन्।

केन्द्रीय महासमिति सदस्य श्यामबाबु गुप्ता आफूलाई दाबेदार मानिरहेका छन् भने गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उपप्रमुखको टिकटका लागि अन्तिम समयसम्म दौडधुप गरेकी नारायणी रायमाझी नीरु महिला भएको कारण प्रदेशसभा सदस्यको टिकट आफूले नै पाउनुपर्ने दाबी गरिरहेकी छिन्।

प्रदेशसभा सदस्य उम्मेदवार हुनका लागि १० वर्ष पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने भए ता पनि कतिपय दाबेदारको न्यूनतम मापदण्ड नपुगे पनि बाध्यताले सिफारिस गर्नुपरेको काँग्रेस स्रोतले जनाएको छ। यता निर्वाचन क्षेत्र ४ (ख) का लागि काँग्रेसले समानुपातिक तर्फ १३ जनाको नाम सिफारिस गरेको छ।

सिफारिस गरिएका दाबेदार उम्मेदवारको नामावली क्षेत्रीय कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले प्रत्यक्ष र समानुपातिक तर्फ १–१ जनाको नाममा अन्तिम निर्णय गरेर जिल्ला पठाउने सभापति भट्टराई बताए। उनका अनुसार भदौ अन्तिमसम्म सबै क्षेत्रको उम्मेदवारहरूको नामावली टुङ्गो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस