चिनियाँ पिपुल्स कंग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौँ आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ पिपुल्स कंग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौँ आउँदै


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ। जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने भएका छन् । उनी भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउने भएका हुन् । 

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेका स्रोतले जनाएको छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने बताइएको छ । ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । 

यसअघि, गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गरेका थिए ।

असारको अन्तिम सातातिर चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका थिए । त्यसबेला उनले कम्युनिस्ट पार्टीका नेताहरूलगायत सबै प्रमुख राजनीतिक सरोकारवालाहरूसँग भेटवार्ता गरेका थिए ।

साउनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको भ्रमण गरेका थिए । आफ्ना समकक्षी वाङसँग भेटवार्ता गर्दा सीमा समस्यालगायत द्विपक्षीय विषयमा व्यापक छलफल भएको थियो ।

तर, लीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन । स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस