नागढुङ्गाबाट लागू औषधसहित एकजना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नागढुङ्गाबाट लागू औषधसहित एकजना पक्राउ


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका-५ बस्ने २६ वर्षीय प्रगास यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । 

सिरहाबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ ख ८०८९ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागू औषध सहित पक्राउ गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस