एकै दिन ३ जनाको मृत्यु, थप २०६ जनामा कोरोना संक्रमण  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एकै दिन ३ जनाको मृत्यु, थप २०६ जनामा कोरोना संक्रमण 


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै शुक्रबार कोरोना सक्रिय सङ्क्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।  जसमध्ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आइसियुमा छन् ।

यस्तै ६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस