केन्याद्वारा नेपाललाई २१९ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केन्याद्वारा नेपाललाई २१९ रनको लक्ष्य


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । केन्याले पहिलो एक दिवसीय खेलमा नेपाललाई जितका लागि २१९ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेलो केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनायो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी  खेले । पटेलले ६७ बनाउँदा ओबुयाले ६२ रनको योगदान गरे । त्यस्तै केन्याका लागि ईफ्रान करिमले ३१ तथा सचिन बुँदियाले २७ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी र करण केसीले समान तीन-तीन  विकेट लिए । आदिल आलम र पवन सर्राफले समान एक-एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ । यता केन्या पनि जित निकाल्ने योजनामा छ । 

Tags :
प्रतिक्रिया दिनुहोस