२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

अ+ अ-

काठमाडौँ । आठराई गाउँपालिकाका ग्रामीण बस्तीमा विद्युतीकरण गर्दा ठेकेदार कम्पनीले अनियमितता गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका छन् ।

ठेकेदार कम्पनीले गाउँबस्तीमै पुगेर गरेको अनियमितताबारे उपभोक्ताले भण्डाफोर अभियान सञ्चालन गर्दै कारबाहीका लागि अख्तियारमा उजुरी दर्ता गराएका हुन् । ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्दै उपभोक्ताले सङ्घर्ष समिति नै गठन गरेका छन् । गाउँपालिका क्षेत्रमा विद्युत् विस्तारका लागि ईश्वरी र शशिधर निर्माण सेवा प्रालिले ठेक्का पाएका थिए । जिल्लाकै दुर्गम आठराई गाउँपालिकामा ०७४ सालबाट विद्युतीकरणको काम सुरु भएको थियो । काम सुरु भएकै समयदेखि नै ठेकेदार कम्पनीले उपभोक्ताको श्रम शोषण गर्ने र गैरकानुनी रूपमा पैसा समेत असुल गरिरहेको सङ्घर्ष समितिका उपाध्यक्ष तेजकुमार ईङनामको आरोप छ ।

विद्युतीकरणमा भएको अनियमितताबारे छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको उनले बताए । विद्युत् विस्तारको जिम्मा पाएका कम्पनीका सञ्चालक, कर्मचारीहरू र विद्युत् प्राधिकरणका कर्मचारीहरू समेतको मिलेमतोमा उपभोक्तासँग नियम विपरीत रकम असुल गरेको आरोप उजुरी पत्रमा छ । सङ्घर्ष समितिले सर्वसाधारण उपभोक्तासँग उठाएको पैसा फिर्ता गराउन लगाई दोषीलाई कारबाही गर्न समेत माग गरेको छ । निर्माण कम्पनीले विद्युत् प्राधिकरणका कर्मचारीलाई समेत संलग्न गराई मिटर बक्स वितरणमा समेत लाग्नेभन्दा बढी पैसा उपभोक्तासँग असुलेको आरोप उपभोक्ताले लगाएका छन् । विद्युत् विस्तारको कामको जिम्मा पाएका ठेकेदारले आठराई क्षेत्रका ५ सय घरधुरीबाट नियम विपरीतप्रति घरधुरी ८ हजारका दरले मिटर बक्समा मात्र ४० लाख रुपैयाँ असुल गरेको आरोप लगाएका छन् । नेपाल विद्युत् प्राधिकरण आठराई फ्युज सेवाका कर्मचारीले उपभोक्ताको घरमा मिटर बक्स जडान गर्दा समेत जडान शुल्क भन्दै बढी पैसा लिएको आरोप सङ्घर्ष समितिको छ ।

अख्तियारमा दर्ता गराइएको उजुरी पत्रमा पोल गाड्नका लागि प्रतिपोल ८ सय र १ हजार ४ सय रुपैयाँ दिने भनेर कामदारसँग ठेकेदार कम्पनीले सम्झौता गरेको तर हालसम्म कामदारलाई एक पैसा पनि नदिएको उजुरी पत्रमा छ । आठराई गाउँपालिका १ कोयाखोलामा स्थानीयको लगानी र जनश्रमदानबाट सञ्चालनमा ल्याइएको लघुजलविद्युत् परियोजनाको तार, पोल तथा अन्य उपकरण समेत ठेकेदारले आफ्नो काममा प्रयोग गरेर व्यक्तिको निजी सम्पत्ति समेत दुरुपयोग गरेको आरोप स्थानीयको छ । ग्रामीण विद्युतीकरणको नाममा ग्रामीण क्षेत्रका सोझा जनतालाई ठेकेदार कम्पनीले झुक्याएर ठगी गरेको विषयमा जिल्ला प्रशासन, आठराई गाउँपालिका, जिल्ला समन्वय समिति, नेपाल विद्युत् प्राधिकरण तेह्रथुम वितरण केन्द्र, आठराई फ्युज सेवा सङ्क्रान्ति, आठराई गाउँपालिकाका सात वटै वडा कार्यालय र इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजार आठराईमा बोधार्थ दिएर स्थानीय नरेन्द्रकुमार फोम्बोले अख्तियारमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस