व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरेको आरोपमा एक जना पक्राउ


१६ भाद्र २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेल स्थित गल्कोपाखामा एकजना व्यापारीलाई पछ्याएर चोरले ९ लाख ५२ हजार नगद चोरेका छन् ।

होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेका हुन् ।

चोरीमा संलग्न आरोपमा प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौँको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनी व्यवसायीक चोर हुन् । आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस