बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । समितिका सदस्यहरूको बहुमतले कुनै संशोधनबिना विधेयक पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरूमध्ये एमालेका तीन जनाले फरक मतका रूपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत  दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरू यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए ।

विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस