न्यायाधीश अधिकारी बर्खास्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

न्यायाधीश अधिकारी बर्खास्त


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्‌को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस