कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने पक्राउ


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाउने एक जनालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयमै बसेर कर चुक्ताको नक्कली प्रमाणपत्रको कारोबार गर्दै अवस्थामा पक्राउ गरिएको सो कार्यालयले जनाएको हो ।

पक्राउ पर्नेमा विराटनगरका लक्ष्मण कुमार पण्डित छन् । पण्डितले मोरङको ग्रामथान गाउँपालिका-७ मा रहेको पाथीभरा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । पण्डितले आर्थिक वर्ष २०७८/०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएका थिए । उनले त्यसबापत कति रकम लिए भन्ने खुलिसकेको छैन ।

पक्राउ परेका पण्डितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी दिए । कर चुक्ताको प्रमाणपत्रमा कर अधिकृतको हस्ताक्षर हेर्दा नक्कलीजस्तो लागेपछि पान नम्बर राखेर कम्प्युटरमा इन्ट्री गर्दा नक्कली कर चुक्ताको प्रमाणपत्र रहेको खुलेको कार्यालय प्रमुख पोखरेलले बताए ।

कर कार्यालय आसपासमा खुलेका कर सम्बन्धी काम गर्ने फर्महरूले बिचौलिया राख्ने गरेका छन् । बिचौलियाले सस्तोमा सेवा गर्ने भन्दै आफूले कमिसन पाउने फर्ममा सेवाग्राहीलाई पुर्‍याउँछन् र कुनै पनि फर्मको कर चुक्ताको प्रमाणपत्र बनाउन सहयोग पुर्‍याएबापत १ हजारदेखि ५ हजारसम्म कमिसन लिने गरेको स्रोत बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस