नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो, देउवाले दिए यस्तो जवाफ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो, देउवाले दिए यस्तो जवाफ


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका नेताहरूसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् । सोमबार दिउँसो काँग्रेस नेताहरूसँग शीतल निवासमा भेट गरेकी उनले नागरिकता विधेयकका विषयमा चासो राखेकी भेटमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक हालै राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन् । उक्त विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ भने हाल राष्ट्रियसभाको विधायन समितिमा छ ।

‘नागरिकताको बारेमा उहाँका केही जिज्ञासाहरू थिए । प्रधानमन्त्रीले पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको प्रस्ट पार्नुभयो’ राष्ट्रपतिसँगको भेटमा सहभागी एक नेताले भने ।

राष्ट्रपति भण्डारीले चुनावका बारेमा पनि चासो राखेकी थिइन् । ‘निष्पक्ष चुनावको होस भन्ने राष्ट्रपतिको सदिक्षा थियो’ उनले भने ।

राष्ट्रपतिसँगको भेटमा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र ब कार्की सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस