राष्ट्रपति भण्डारीले एमाले नेताहरूलाई छलफलमा बोलाइन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति भण्डारीले एमाले नेताहरूलाई छलफलमा बोलाइन्


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई छलफलमा बोलाएकी छन् । सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरूलाई बोलाएको एमाले स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली काँग्रेसका नेताहरूसँग छलफल गरेकी थिइन् । छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस