पशुपतिनाथ क्षेत्रमा सोमबारबाट मासु, मदिरा र नशालु पदार्थ निषेध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पशुपतिनाथ क्षेत्रमा सोमबारबाट मासु, मदिरा र नशालु पदार्थ निषेध


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।

हिन्दु नारीहरूको महान् चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस्तो आदेश जारी गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला मित्र पार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्र पार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो निषेध लागु हुने भएको छ ।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस