रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडको हेल्थ डेस्क सञ्चालनमा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडको हेल्थ डेस्क सञ्चालनमा


१२ भाद्र २०७९, आइतबार


School

रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा ३ बेडको हेल्थ डेस्क सञ्चानलनमा आएको छ ।

रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माबिले ३ बेड सुविधासहितको हेल्थ डेस्क सञ्चालनमा आएको हो ।

हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरि एक जना नर्स नियुक्त गरेको छ ।

यसका साथै लुम्बिनी प्रदेश सरकारले अघिल्लो वर्षदेखि एक जना अनमी उपलब्ध गराएको छ । विद्यालयको हेल्थ डेस्कमा उनीहरुले सेवा दिइरहेका छन् ।

उनीहरुले विद्यार्थीको नियमित सामान्य चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामुलक कार्य गर्दछन् ।

पोषणयुक्त खानेकुराको महत्व बुझाउँदै विद्यार्थीहरुलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा नर्सलाई जिम्मेवारी दिइने भएको छ ।

विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक संपूर्ण उपकरण र औषधि पनि विद्यालय स्वयमले खरिद गर्ने गर्दछ ।

विद्यालय स्वास्थ्यको सबै खाले सेवा र व्यवस्थापन नर्सहरुले गर्नेछन् । किशोरकिशोरीहरुको प्रजनन तथा यौन स्वास्थ्यका बारेमा सचेतीकरण, महिनावारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई कसरी बचाउने भन्ने, सिप हस्तान्तरणको जिम्मेवारी पनि नर्सको हुने बताइएको छ ।

विद्यालय खानेपानी तथा सरसफाइ संचालन र व्यवस्थापन, विद्यालयस्तरबाटै जुकाको औषधि वितरण, खोप कार्यक्रम र स्वास्थ्य शिक्षा संचालन गर्नेछन् ।

विद्यालयमा प्राथमिक उपचार र आवश्यकता अनुसारको स्वास्थ्य परीक्षणको जिम्मेवारीसमेत दिइएको छ ।

विद्यालय नर्स कार्यक्रमको मापदण्डअनुसार सामान्य उपचार तथा परामर्श र औषधि वितरणको काम हेल्थ डेस्कबाट हुने गर्दछ । थप उपचार गर्नु परे नजिकको सरकारी स्वास्थ्य केन्द्रमा पठाउने गरेको विद्यालयको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस