२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धानको गाँज मर्न थालेपछि किसान चिन्तित

अ+ अ-

बलेवा । बागलुङ नगरपालिका-१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।

उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हालेनन् । घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उनले खेतबारीबाट राम्रै उत्पादन लिन्थे । पछिल्ला केही वर्षयता बालीमा हुने सङ्क्रमणका कारण पौडेलजस्तै गाउँभरिका किसान मर्कामा छन् ।

अमलाचौरकै बाँसचौरका लीलाधर विकको पनि समस्या उस्तै छ । घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवासमेत मर्न थालेकाले उनी चिन्तित छन् । वर्षौँदेखि खेतबारीमा काम गरेका पौडेल र विकजस्तै अमलाचौरका अधिकांश किसानले न त खेतीमा देखिएको रोग किराको सङ्क्रमणको विषयमा जानेकालाई बताए न त आफ्नो माटोको उर्वराशक्ति खोजे ।

हिउँदे र वर्षेबाली दुवैमा रोग किराको सङ्क्रमण देखिन थालेपछि किसान कृषि प्राविधिकको खोजी गर्न थालेका छन् ।’खेतमा धान मरेको छ, बारीको कोदो पनि जोगिएन्’ पौडेल भन्छन्, ‘किसानलाई हरेक हिसाबले मार परेको छ ।’ बाली पहेँलो हुने, सुक्ने र कुहिने गर्ने गरेको पौडेलले बताए ।

बालीमा क्षति हुने देखेपछि अमलाचौरका अधिकांश किसानले आफ्नो खेतबारीको माटोको उत्पादन क्षमताका विषयमा जानकारी लिएका छन् । तर माटोको उर्वराशक्तिभन्दा खनजोत र व्यवस्थापनले रोग किराको सङ्क्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

‘हिउँदमा लगाएको मकैबाली भित्र्याएपछि राम्रोसँग खनजोत गरेर माटो नसुकाउँदा मकैको डाँठहरूमा हुने किरा माटोमा लुकेर बसेका हुन्छन्, तीनै किराले धानबालीमा आक्रमण गर्दा गाँज मर्ने हुन्छ’, भट्टराई भन्छन्, ‘पर्याप्त पानी नहुने, धमिरा, खुम्रे किराको आक्रमणलगायत कारणले पनि धान, मकै तथा कोदोबाली मर्ने समस्या आउने गरेको छ ।’

रोग किराको सङ्क्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व सावधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताए । बालीमा नाइट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमा नै कृषि प्राविधिकको सल्लाहमा उपचार र निदान खोज्न भट्टराईले आग्रह गरे ।

अमलाचौरको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाइएको छ । बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको परीक्षणमा अधिकांश माटोमा पिएचमान ६.५ देखिएको कृषि प्राविधिक राहुल केसीले बताए । अमलाचौरको तीन सय ५० रोपनी क्षेत्रफलमध्ये ६७ माटोको नमूना लिएर परीक्षण गरिएको थियो । ‘अधिकांश माटोमा अम्लियपन देखिएको छ, यो सुधार गर्न सकिने विषय हो, हामीले कृषि चुनको प्रयोगका लागि किसानलाई सुझाएका छौँ’, केसीले भने ।

प्रतिक्रिया दिनुहोस