२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्यामाथि नेपालको सहज जित

अ+ अ-

काठमाडौँ । घरेलु टोली केन्याविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सहज जित निकालेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे ।

ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए । आदील अन्सारी २ रनमा अविजित रहे ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले २-२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।

यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए ।

राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ ।

यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् । अब नेपालले भोलि शुक्रबार दोस्रो टी-ट्वान्टी खेल खेल्नेछ ।

त्यस्तै नेपालले तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस