नेप्सेमा दोहोरो अंकको गिरावट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेप्सेमा दोहोरो अंकको गिरावट


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दोहारो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ ।

नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सुरुवाती ३ घण्टामा बल्ल अर्ब नाघेको कारोबार रकम अन्तिम घण्टामा नेप्सेमा गिरावट हुँदा घट्दो बजारमा सेयर किन्ने बढेसँगै कारेबार रकम उकालो लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस