फ्रन्टलाइन अस्पताल झण्डै ५ अर्बको लगानीमा बन्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

फ्रन्टलाइन अस्पताल झण्डै ५ अर्बको लगानीमा बन्यो


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ पुरानो बानेश्वरको ओरालोमा २ सय शय्याको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको छ ।

बिहीबार (आज) एक औपचारिक कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । उक्त अस्पताल झण्डै ५ अर्ब बढी लगानीमा बनेको बताइएको छ ।

फ्रन्टलाइन अस्पतालको कार्यकारी अध्यक्षका रूपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् । क्लिनिकल अध्यक्षको रूपमा वरिष्ठ अर्थोपेडिक सर्जन डा। चक्रराज पाण्डे छन् । सञ्चालनमा आएको फ्रन्टलाइन अस्पतालको सिओओमा भारतीय नागरिक सुरेशकुमार मनोहरन रहेका छन् ।

अत्याधुनिक भौतिक पूर्वाधारसहित २८ वटा विभागबाट सेवा सञ्चालन भएको वरिष्ठ अर्थोपेडिक सर्जन डा.चक्रराज पाण्डेले बताए । उनका अनुसार अस्पतालभित्र अर्थोपेडिक्स, जनरल सर्जरी, न्युरो सर्जरी, इएनटी, गाइनो, पेडियाट्रिक्स, डर्माटोलोजी, कार्डियाक, इन्डोक्राइनोलोजीलगायतका विभाग रहेका छन् ।

अस्पतालमा ३१ बेडको आइसियु र ४ वटा शल्यक्रिया कक्ष रहेका छन् । उक्त अस्पतालमा डाक्टर, नर्स, कर्मचारी गरी झण्डै ५ सय जनाको टिम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस