राजु लामा चढे जापानको माउन्ट फुजी, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राजु लामा चढे जापानको माउन्ट फुजी, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् ।

जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइ रहेको माउन्ट फुजी चढेका हुन् ।

उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाएका छन् ।

फुजीको चुचुरोमा पुग्न ७ घण्टा लागेको उनले बताए । फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए, चुचुरोमा गीत गाउने क्षण निकै सुन्दर थियो । माउन्ट फुजीको चुचुरोमा पुग्ने योजना पहिल्यैदेखि हो र अन्ततः त्यहाँ पुगें,’ उनले भने ।

अलग-अलग हिमालहरु चढ्नुको उद्देश्य संसार भर जलवायु परिर्वतनले पारेको असरविरुद्धको सन्देश भएको उनले बताए ।

हेर्नुस् भिडियो:

https://youtu.be/YwFynlftlYo

प्रतिक्रिया दिनुहोस