५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले पार्टी नभई कर्पोरेट हाउस हो, केपी ओली त्यसका सिइओ : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्।

एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली र अरू नेताहरू डाइरेक्टर, डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रूपान्तरण गरेको उनको भनाइ थियो। अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरू एमालेमै बसिरहेको उल्लेख गरे।

पार्टीका बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला समन्वय समिति संयोजक र गाउँपालिका तथा नगरपालिकाको सङ्गठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो। ओली कर्पोरेट हाउसमा सिइओ र अरू नेता डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन् ।’

उनले एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप लगाए। नेता पुनले भने, ‘एमालेमा मानिसहरू बसिरहेको विचार र राजनीतिले होइन। ठुलो कर्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ। ब्रान्ड बिक्छ, कर्पोरेटमा तलब सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो । कर्पोरेट हाउसमा कामदारहरू नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन्।’

उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुई पटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार गर्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो।

माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे। उनले विचारलाई बोक्न सक्ने सङ्गठन पनि आफूहरूसँग रहेको बताए।

जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए। उनले भने, ‘समाजवादको आधार निर्माणका लागि क्रान्तिकारी पार्टी चाहिन्छ। जुझारु कार्यकर्ता र जनताको समर्थन चाहिन्छ । समाजको क्रान्तिकारी परिवर्तन र जनता तथा आफ्नै जीवनमा परिवर्तनका लागि पनि पार्टी चाहिने भन्दै सडकमा खबरदारी गर्ने, सदनमा जनताको आवाज बोल्न सक्ने र सरकारमा रहँदा जनताको पक्षमा काम गर्ने पार्टी चाहिएको छ।’

पार्टीका हरेक कमिटीका अध्यक्ष वा मुख्य नेतृत्वलाई पियानो बाधकको संज्ञा दिँदै पुनले समितिको मुख्य नेता, मुख्य संगठक र मुख्य व्यवस्थापकका हैसियतले अध्यक्षहरूले पियानो बजाउँदा दुवै खुट्टा र दस वटै औँला चलाउनुपर्ने बताए।

आफ्नो समितिका सदस्यलाई विचारले नेतृत्व गर्ने, भावनात्मक रूपले एकताबद्ध गर्ने र सङ्गठनात्मक रूपले एकीकृत गर्नुका साथै जनतासँग जोडिएर जनभावनाअनुसार काम गर्ने गुण नेताहरूमा हुनुपर्ने चर्चा गरे।

फरक प्रसङ्गमा पुनले गठबन्धन आबद्ध अरू दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रतिशतमा काँग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एकरदुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताए।

केपी ओलीको दक्षिणपन्थी प्रवृत्ति र प्रतिगमनलाई निर्वाचनमार्फत पराजित गरिने भन्दै उनले आफूहरूले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस