सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने ५ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले बढेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस