नेकपा एसले आज पार्टी पुनर्गठन दिवस मनाउँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेकपा एसले आज पार्टी पुनर्गठन दिवस मनाउँदै


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ।

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो।

गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको थियो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित एक ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए। प्रवक्ता खतिवडाले आफूहरूले पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए।

उनका अनुसार पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको छ। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको प्रवक्ता खतिवडाको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस