शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् ।

विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका १५ जनाले अनुमति लिएका छन् । यसमा तीन जना महिला छन् । तीन हिमालमा जारी भएको अनुमतिबाट विभागले १३ लाख ७३ हजार २४२ रुपैयाँ रोयल्टी समेत सङ्कलन गरेको छ ।

विभागका अनुसार यस सिजनका लागि अर्जेन्टिनाबाट ८, जर्मनीबाट २, इटालीबाट २, जापानबाट २ र स्पेनबाट १ जनाले अनुमति लिएका छन् ।

शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् । यस सिजनमा साना हिमाल चढिसकेपछि वसन्त ऋतुमा सगरमाथाका लागि तयारी गर्नेहरू बढी हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस