२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

अ+ अ-

काठमाडौँ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मुलुकभर लागू नगरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता विमल पोखरेलले गण्डकी, लुम्बिनी, एक नम्बर र सुदुरपश्चिम प्रदेशमा मात्रै निर्देशिकाबमोजिमको व्यवस्था लागू भएर परीक्षा सञ्चालन भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

उत्प्रेषणयुक्त परमादेश माग गर्दै पोखरेलले श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालय, मधेस प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश, यातायात व्यवस्था विभाग, मिनभवन, यातायात व्यवस्था कार्यालय, एकान्तकुना विरुद्ध सर्वोच्च अदालतमा मुद्वा दायर गरेका हुन् । मंगलबार दर्ता भएको उक्त मुद्दाको बुधबार पेशी तोकिसकिएको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४९ मा भएको व्यवस्था अनुसार सवारी चालक अनुमतिपत्रको लागि लिइने परीक्षलाई वस्तुपरक, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागबाट ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ दुई वर्ष अघि जारी गरेको थियो । निर्देशिकामा नेपालभर लागु गर्ने व्यवस्था भए पनि त्यसो नगरी परीक्षा प्रणालीलाई गैरकानूनी, अपारदर्शी र विभेदयुक्त बनाइएको निवेदकको दाबी छ ।

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका लागू गरिएका गण्डकी, लुम्बिनी, एक नम्बर र सुदुरपश्चिम प्रदेशमा पशिक्षार्थीले ७० अंक प्राप्त गरेको आधारमा प्रयोगात्मक परीक्षा उत्र्तीण गरी सवारी चालक अनुमतिपत्र प्राप्त गरिरहेका छन् ।

तर, बागमती, मधेस र कर्णाली प्रदेशमा कार्यविधि निर्देशिका लागु नगरिएका कारण प्रशिक्षार्थी कार्यविधिले तोकेको मापदण्डअनुसार उर्तिण भए पनि प्रशिक्षर्थीलाई अनुर्तिण गराइएको निवेदकको दाबी छ ।

यसले हजारौं प्रशिक्षार्थीलाई प्रत्यक्ष असर पुगेको र उनीहरुको दक्षताअनुसारको अनुमतिपत्र प्राप्त गर्ने अधिकारबाट बञ्चित हुनु परेको तथा पटक–पटक प्रयोगात्मक परीक्षा दिन बाध्य पारिएको निवेदनमा उल्लेख छ । देशभर लागु हुनुपर्ने निर्देशिका चार वटा प्रदेशमा लागु हुने तर तीन वटा प्रदेशमा लागु नभएको कारण सवारी चालक अनुमतिपत्र लिने योग्यता र दक्षता पुगेका प्रशिक्षार्थीमाथि ठूलो विभेद र अन्याय भएको निवेदकको ठहर छ ।

निवेदनः

प्रतिक्रिया दिनुहोस