१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदार ‘घरभेटी’ शारदाको निर्माण कम्पनी शैलुङ कालोसूचीमा

अ+ अ-

काठमाडौँ । सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पार्ने शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट कोट–सिपाघाट, बालाजु, त्रिशूली/छहरे–विदुर सडक योजना, बत्तीस पुतली, काठमाडौँको सिफारिसमा शैलुङलाई कालो सूचीमा राखिएको छ । ०७१ जेठ २२ मा गरिएको सम्झौताअनुसार ०७३ असार ३ सम्म सडक निर्माण सकिनुपर्ने १७.१० किमी सडक भारतको ठेकेदार कम्पनी आराभाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र सैलुङ कन्स्ट्रक्सनको संयुक्त ठेक्का भए पनि कामको जिम्मा शैलुङले लिएको थियो । भारतीय एक्जिम बैङ्कको ऋण सहयोगमा ठेक्का भएको हो । तर ८ वर्षमा ५४ प्रतिशत मात्रै काम भएको छ ।

सत्ता र शक्तिको आडमा ठेक्का हत्याउने, पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुल, भवनलगायत संरचनाहरू अलपत्र पार्दै आएका शारदा प्रसाद अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ‘घरभेटी’ हुन् । उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ ।

कालो सूचीमा राखेपछि उनले नयाँ ठेक्का पाउने छैनन् । बालाजु–त्रिशूली–छहरे–विदुर सडक विस्तार थालेको सात वर्ष बिते पनि निर्माण अलपत्र छ । बर्खामा हिलो र हिउँदमा उड्ने धूलोले वर्षौँदेखि आजितले लथालिङ्ग सडकका कारण ओहोरदोहोरमा कष्ट बेहोरिरहेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । दुई चिनियाँ निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा कार्यालयले चोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड र चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडलाई कालो सूचीमा राखिएको हो । दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस