बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाको उजुरी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाको उजुरी


८ भाद्र २०७९, बुधबार


नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

‘उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ’, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् ।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ । अधिकृत सोनकरले अहिले पनि फाटफुट मिटरब्याजीविरुद्ध उजुरी आइरहेको जानकारी दिँदै लिइएको उजुरी गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको बताइएको छ ।

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस