२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब गौतमबुद्ध विमानस्थलमा जजिराको उडान दैनिक हुने, एयर चाइनालाई उडान थप्न आह्वान

अ+ अ-

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट काठमाडौँ र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।

यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन् ।

नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरू आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरूको छ ।

यता, प्राधिकरणका अधिकारीहरूले एयर चाइनालाई नेपालमा उडान बढाउन समेत आह्वान गरेका छन् । प्रवक्ता निरौलाका अनुसार चीनमा हिमालय एयरलाइन्सको उडानलाई प्रतिबन्ध लगाएसँगै नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने यात्रु समस्यामा परेका छन् । सोहीकारण मौखिक रूपमा एयर चाइनालाई उडान थप्न आह्वान गरिएको हो ।

चीनमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान बढाउन नसक्दा समेत यो रुटमा विदेशी एयरलाइन्सको भर पर्नुपर्ने बाध्यता रहेको छ । साविकमा भारतपछि धेरै पर्यटक आउने मुलुकमा चीन पर्छ । यस बाहेक अन्य कम्पनीबाट भने नेपाल उडानलाई कुनै अनुमति माग नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस