ट्रम्पले दायर गरे न्याय विभागविरुद्ध मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्रम्पले दायर गरे न्याय विभागविरुद्ध मुद्दा


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मार-ए-लागो भवनमा भएको छापालाई लिएर न्याय विभागविरुद्ध मुद्दा दायर गरेका छन् ।

उनको मार-ए-लागोको घरबाट जफत गरिएका फाइलहरूसम्बन्धी न्याय विभागको अनुसन्धान रोक्न उनले न्यायाधीशलाई आग्रह गरेका हुन् ।

ट्रम्पको कानुनी टोलीले यही महिनाको सुरुमा एफबीआई एजेन्टहरूले नियन्त्रणमा लिएका कागजातहरूको निरीक्षण गर्न एक स्वतन्त्र वकिल नियुक्त गर्न आग्रह गरेका छन् ।

एफबीआईका अनुसार अगस्ट ८ मा ट्रम्पको फ्लोरिडास्थित घरबाट ‘११ सेट क्लासिफाइड फाइल’ लगिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि ती कागजातहरू गलत ढंगले व्यवस्थापन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

अमेरिकी राष्ट्रपतिहरूले पदबाट हटेपछि आफ्ना सबै कागजात र इमेलहरू राष्ट्रिय अभिलेख भनिने सरकारी एजेन्सीलाई हस्तान्तरण गर्नुपर्छ । एफबीआईले ट्रम्पले सन् २०२१ जनवरीमा पद छोडेपछि ह्वाइट हाउसबाट आफ्नो निवास मार–ए–लागोमा उक्त रेकर्डहरु अनुचित रूपमा लगेको आशंकामा अनुसन्धान गरिरहेको छ ।

ट्रम्पले भने कुनै पनि गल्ती स्वीकार गरेका छैनन् । लगिएका सामानहरू सबै सार्वजनिक भइसकेको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस