१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछापुच्छ्रे गाउँपालिकाका किशोर चार दिनदेखि सम्पर्कविहीन

अ+ अ-

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सोही वडाको शुक्ल गण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र पूर्णबहादुर घर्ती मगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन् ।

सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए । दिउसो ३ः०० आमा मेलाबाट फर्किँदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी माविका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बताए ।

उनका अनुसार किशोर बेपत्ता भएको दिन दिउँसो १ः०० बजेतिर छिमेकीले घरदेखि अन्दाजी पाँच किमी टाढा पोखरा–१९ लामाचौर चोकमा देखेको बताए पनि त्यसपछि केही जानकारी प्राप्त भएको छैन ।

किशोरको साथमा रहेका मोबाइल, पैसा र पर्सलगायतका सामग्री पनि घरमै फेला परेको छ । विद्यालयमा सञ्चालन भइरहेको परीक्षामा आइतबार घर्ती मगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो ।

प्रधानाध्यापक पोखरेलले भने, ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले अनुपस्थित भएपछि घरमै गएर सोधपुछ गर्दा विद्यार्थी घर्ती मगर सम्पर्कविहीन भएको जानकारी पायौँ, त्यसपछि विद्यालयले पनि धेरै ठाउँमा सम्पर्क गरेर खोजविन गरे पनि फेला पार्न सकेका छैनौँ । खोजीका लागि प्रहरी र गाउँपालिकामा समेत आग्रह गरेका छौँ ।’

किशोरको घरको आर्थिक अवस्था कमजोर रहेको छ । बाबुआमा सामान्य मजदुरी गरेर घर–व्यवहार चलाउँदै आएको र सन्तान हराएपछि आफन्तलगायत धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला नपरे पनि परिवार चिन्तामा परेको विद्यालयले जनाएको छ ।

कम बोल्ने स्वभावको भए पनि किशोर अध्ययनसँगै घरायसी काममा पनि सहयोगी भावनाका थिए । उनी कक्षा ४ देखि सोही विद्यालयमा अध्ययन सुरु गरेका हुन् ।

विद्यालय र परिवारले हराएका किशोरको खोजीका लागि आग्रह गरेको छ । किशोरलाई कोही कसैले फेला पारेमा विद्यालयका प्रअ पोखरेलको मोबाइल नं ९८४६२३२८५८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस