१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उनको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

सो छानविन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आज बुझ्द उनले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैँमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

उनले दोषीलाई कारवाही नगरे माओवादी कम्युनिस्ट पार्टी जस्तो पनि नरहने बताए। ‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन’, उनले भने । उनले निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित रहेको उल्लेख गरे ।

छानविन समितिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेष गरी मधेस प्रदेशमा विभिन्न जिल्लामा अन्तर्घात भएको तथा अन्य प्रदेशका केही जिल्लामासमेत समस्या रहेको भन्दै जिम्मेवारीअनुसार कारवाहीको सिफारिस गरिएको छ ।

समितिले देशभरका पाँच सयभन्दा बढी नेता तथा कार्यकर्तासँग बयान लिएको थियो । गत स्थानीय तहको निर्वाचनमा दुई सय स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण गरेको माओवादीले अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको भन्दै छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस