बहालवाला मन्त्रीले अरूको निर्वाचन क्षेत्रमा गएर भाषण गर्न नपाउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बहालवाला मन्त्रीले अरूको निर्वाचन क्षेत्रमा गएर भाषण गर्न नपाउने


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहालवाल मन्त्रीले कुनै पनि उमेदवारको निर्वाचन प्रचारप्रसार गर्न र भाषण गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा संघीय, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा भाग लिन नपाउने उल्लेख गरिएको छ ।

“कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने,” प्रस्तावित आचारसंहितामा लेखिएको छ ।

तर, संघ र प्रदेशका मन्त्रीहरु आफै उमेदवार भएको खण्डमा चाहिँ यो नियम लागु नहुने पनि प्रस्तावित आचारसंहितामा लेखिएको छ ।

“निर्वाचनमा आफै उमेदवार भएका मन्त्री आफ्नो उमेदवारी रहेको क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन,” आचारसंहितामा लेखिएको छ, “यसरी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग भने गर्न पाइने छैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस