शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै मिर्चैयाका व्यवसायीले गरे बजार बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै मिर्चैयाका व्यवसायीले गरे बजार बन्द


६ भाद्र २०७९, सोमबार


सिरहा । मिर्चैयाका व्यवसायीले सोमबार (आज) बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मिर्चैयाका सम्पूर्ण पसल तथा व्यवसाय बन्द गरेका छन् ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले विरोधस्वरुप बजार बन्द घोषणा गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया सडक खण्डमा धुवाँ, धुलो र हिलोका कारण आजित स्थानीय व्यवसायीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा मिर्चैया उद्योग वाणिज्य सङ्घका सचिव भरत महासेठ सहित दर्जन बढी व्यवसायी घाइते भएको बताइएको छ ।

सचिव भरत महासेठ र जेएम होटेलका कामदार अजय पासवानको टाउको र शरीरका विभिन्न भागमा हड्डी भाँचिने गरी प्रहरीले कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् ।

सडक निर्माण कम्पनी र सरोकारवालाहरूसँग पटक पटक वार्ता र सम्झौता गरे पनि ती सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित थिए । यता प्रहरीले भने पूर्व पश्चिम राजमार्ग जाम गरेर केही युवाले प्रहरीमाथि ढुङ्गा मुढा गरेकाले केही बल प्रयोग गर्नुपरेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस