२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत र अफगानिस्तानमा भारी वर्षा, ४८ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । 

हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् । पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ । बाढी पहिरोका कारण हजारौँ स्वदेशी तथा विदेशी पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् ।

शनिबार साँझ हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले प्रभावित जिल्लाहरूमा उच्च सरकारी अधिकारीहरूलाई यातायात आवागमनका लागि भत्किएका सडक मर्मतसम्भार गर्न तथा  क्षतिग्रस्त पुल मर्मत वा पुनर्निर्माण गर्न निर्देशन दिएका थिए ।

यसैबीच, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा बाढीमा परेर १० जनाको ज्यान गएको छ भने सयौँ घर क्षतविक्षत भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ । 

बाढीले सयौँ हेक्टर खेतबारीमा क्षति भएको छ विगत केही महिना यताको अविरल वर्षासँगै देशका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी दुई सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस