थप २८६ जनामा कोरोना सङ्क्रमण  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप २८६ जनामा कोरोना सङ्क्रमण 


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । देशभर थप २८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एजेन्ट विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन । 

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस