माओवादी केन्द्रले ८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी केन्द्रले ८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्ने


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राख्ने भएको छ ।

शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी प्रदेशमा, १२ गते बागमतीमा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपछि १३ गते विशेष प्रदेश समितिको, १५ गते सम्पर्क समन्वय समितिको, १६ गते कर्णाली प्रदेशको र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय छ ।

७ भदौसम्म गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय गरेको उपाध्यक्ष महराले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस