गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । गठबन्धनको बैठकका लागि नेताहरू बालुवाटार पुगेका हुन् ।

अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु हुन लागेको हो । बैठक केही बेरमा सुरु हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । 

बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिटबाँडफाँटका लागि कार्यदलको सुझावलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कार्यदलका संयोजक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझावबारे शीर्ष नेताहरूलाई ब्रिफिङ गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस