बढ्दै हैजा संक्रमण, सङ्क्रमितको संख्या ५९ पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बढ्दै हैजा संक्रमण, सङ्क्रमितको संख्या ५९ पुग्यो


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । पालिकाको ५ नम्बर वडाका एक जनामा हैजा देखिएसँगै यो वर्ष हैजा सङ्क्रमितको संख्या ५९ पुगेको छ ।

हालसम्म काठमाडौँ उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाँक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २७ जना तथा ललितपुरमा ६ र भक्तपुरमा ३ जनामा हैजा पुष्टि भएको छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस