२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षेले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन

अ+ अ-

काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । 

देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन् । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएका समाचारमा उल्लेख गरिएको छ । 

श्रीलंकाको तर्फबाट रूसका लागि पूर्वराजदूत उदयाङगा विरातुंगाले उनी अमेरिका जाने तयारीमा रहेका जानकारी दिए । पूर्वराष्ट्रपति गोटावायसँग निकट मानिने विरातुंगाले थाइल्यान्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाएका थिए ।

तर, कानुन व्यवसायीहरूसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेका डेलि मिररले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेका उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षेले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन् ।

राजापाक्षे परिवारको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरू प्रयोग गरिएका छन् ।  

मुलुकमा जारी आर्थिकको मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । सुरुमा म्यानमार गएका उनी त्यसपछि थाइल्यान्ड हुँदै सिंगापुर पुगेका थिए । 

राजापाक्षेले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस