कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा रहेको सुर्खेत प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस