१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्य घटेपछि व्यापारीले गोदाममै थन्क्याए अलैँची

अ+ अ-

काठमाडौँ । अलैँचीको मूल्य किनेभन्दा प्रतिमन २० हजार रुपैयाँले घटेपछि अलैँची व्यापारीको गोदाममा थन्किएको छ ।

४० केजीको प्रतिमन ४८ हजार रुपैयाँमा खरिद गरेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा सीमित भएपछि व्यापारीले अलैँची बिक्री नगरेका हुन् ।

अलैँची व्यापारी भद्रवीर रेग्मीले भने, ‘मैले प्रतिमन ४८ हजारमा अलैँची किनेँ, अहिले २८ हजारमा आइपुग्यो, कति घटा भयो आफैँ हिसाब गर्नू ।’ पाँच सय मन अलैँची किनेपछि मूल्य ह्वात्तै घटेको रेग्मीले बताए । अलैँची व्यवसायी दिनेश अधिकारीले यस वर्ष अलैँची व्यापारीमा ठूलो हलचल आएको बताए ।

थोरै लगानी र मिहिनेतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा लागेका कृषकहरूसमेत यतिवेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए ।

ताप्लेजुङमा बाँझो भएर खेर गएको र भिरालो जमिनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले सुरुमा राम्रो मूल्य पाउँदा खेतीयोग्य जमिनमा समेत अलैँची खेती विस्तार गरिरहेको भए पनि अहिले अधिकांश किसानले गत वर्ष उत्पादित अलैँचीसमेत बिक्री नहुँदा गोदाममै राखेका छन् ।

सात वर्षअघि फक्ताङलुङ गाउँपालिका–३, लिङखिमका कृषक मनकुमार लिम्बूले प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा बेचेका थिए । तर, यस वर्ष २८ हजार रुपैयाँमा झरेपछि नबेची राखेको उनको भनाइ छ । अहिले खेतीको खर्चदेखि टिप्ने खेतालासम्मको समेत नव्यहोर्ने भएकाले बढ्ने आसमा राखेको लिम्बूले बताए ।

अलैँचीको मूल्य देखेर धानखेत मासेरै पनि गरेको खेती विस्तारै अहिले फाल्ने अवस्था आएको कृषक बताउँछन् । उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा लिम्बू मात्रै होइन, अधिकांश कृषक चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस