जिम्बाब्वेमाथि भारतको १० विकेटको सहज जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिम्बाब्वेमाथि भारतको १० विकेटको सहज जित


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । भारत र जिम्बाब्वेबीच भएको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले सहजै जित हात पारेको छ । एकतर्फी जित हात पार्दै भारतले जिम्बाब्वेलाई १० विकेटले हराएको छ ।

भारतका बलरहरुको उत्कृष्ट प्रदर्शनमा पहिलो ब्याटिङ गरेको जिम्बाबे ४०/३ ओभरमा १ सय ८९ रनमा समेटिएको थियो। जवाफमा भारतले आफ्नो ओपनर जोडीको सानदार प्रदर्शनमा नै सहज जित हात पार्यो ।

भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्ण र अक्षर पटेलले समान ३र३ विकेट लिए। भारतका लागि ओपनर शिखर धवनले ८१ रन बनाउँदा शुभमन गिल ८२ रनमा नटआउट रहँदै टिमलाई सहज जित दिलाए। भारतले ३०/५ ओभरमा नै जित हासिल गरेको थियो।

धवनले जिम्बाबेविरुद्ध करिअरको ३८ औँ अर्धशतक प्रहार गरे। उनले आफ्नो इनिङमा १ सय १३ बलको सामना गर्दा ९ चौका प्रहार गरेका थिए। गिलले भने आफ्नो एकदिवसीय करिअरको तेस्रो अर्धशतक प्रहार गरे। उनले ७२ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस