२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी भएको छ । लगानीको बोर्डको ५२ औँ बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना तथा ४०० मेगावाटको सेती नदी-६ परियोजनाको विस्तृत परियोजना अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमति पत्र जारी गर्न आयोजित कार्यक्रममा सो श्वेतपत्र पनि जारी गरिएको हो । 

राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीको सहभागिता थियो । प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ । यस्तै ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ ।

पश्चिम सेती तथा सेती नदी-६ जलविद्युत परियोजना विकास गर्ने सम्बन्धमा अध्ययन गर्न गठित अध्ययन समितिको प्रतिवेदन तथा बोर्डको बैठकको निर्णयको आधारमा उक्त परियोजनाहरू कार्यान्वयन गर्न सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा २९ को उपदफा (२) बमोजिम स्वीकृत गरिएको थियो । सोहीअनुसार सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग समझदारी पत्रमा बिहीबार हस्ताक्षर पनि भएको छ । पश्चिम सेती निर्माणका लागि लगानीको बोर्डले भारत कम्पनी एनएचपीसी इन्टरप्राइजेज लिमिटेडसँग सम्झौता भएको हो ।  

समझदारीपत्रमा रहेका विशेषता !

-समझदारीपत्र अनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी-६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।
-सर्वेक्षण अनुमति पाएको दुई वर्ष भित्र देहायका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ ।
क. परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष
ख. परियोजनाको अप्टिमाइजेशन सम्बन्धमा
ग. परियोजनालाई जलाशय वा अर्धजलाशय वा संयुक्त रुपमा वा छुट्टाछुट्टै निर्माण गर्ने
घ. परियोजनाको अनुमानित लागत अनुमान
ब. अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना
च. बजार सुनिश्चितता
छ. प्रसारणलाइन सम्बन्धमा
ज. वित्तीय स्रोतको उपलब्धता
झ. परियोजना कार्यान्वयनको तरिका
परियोजना विकास सम्झौताको निम्ति दुई पक्षबीच वार्ता हुने तथा लगानी बोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने सहमतिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस