२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउथ अकल्याण्डको एक भण्डारण एकाइमा दुई बालबालिकाको शव फेला

अ+ अ-

अकल्याण्ड । साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताए । । न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक सङ्केतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्र रहेको हुनसक्ने अनुमान गरेको थियो ।

वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको बताए । प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनले बताए । ‘तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,’ उनले भने ।

‘प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक सङ्केतहरू’ पछ्याइरहेको छ,’वाएलुआले भने । ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ ।

‘म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा सङ्केतहरू प्राप्त गरिरहेका छौं,’ उनले भने ।

घटनाको बारेमा थप जानकारी दिँदै वायलुआले भने, ‘उनीहरूले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेका छन् । यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएकाले यसलाई चुनौतीपूर्ण बनाइरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।’

‘हामी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन ।’

उनले सञ्चारमाध्यमसँग धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै अनुसन्धानमा अन्यथा सम्झौता हुन सक्ने बताएका छन् । मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उनले बताए ।

प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए र उनीहरु घटनामा संलग्न छैनन् । परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ ।

सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो । यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठूला धातुका ढोकाहरू बन्द गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस