२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिताको आवश्यकता: सञ्चार मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सृजनशील पत्रकारिताको आवश्यकता औँल्याएका छन् ।

जनआकाश साप्ताहिकको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताका निम्ति आमसञ्चार माध्यमलाई अपिल गरे । संवृद्ध नेपाल निर्माणमा आमसञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने मन्त्री कार्कीको भनाइ थियो ।

जनआकाश साप्ताहिकलाई शुभकामना व्यक्त गर्दै उनले भने, ‘स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ, तपाईंहरुलाई पनि यही लागेको होला र म पनि त्यसैमा विश्वास गर्छु ।’

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले आमसञ्चार माध्यम र पत्रकार तथा सञ्चारकर्मीका साझा मुद्दाका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

महासङ्घका केन्द्रीय सदस्य शान्तराम बिडारीले सरकारले ज्येष्ठ पत्रकार जीवन वृत्ति कोषका लागि पत्रकारले उठाएका माग सम्बोधन गरेकामा मन्त्री कार्कीको प्रशंसा गरेका थिए ।

कार्यक्रममा कलाकार द्वय सुवास गजुरेल र उत्तम केसी नेपाललाई सम्मान गरिएको थियो । त्यसै गरी जनआकाश राष्ट्रिय जनसेवा सम्मान, २०७९ नेपाल सरकारका लेखा परीक्षक सुनिल बस्नेत, ‘जनआकाश वरिष्ठ अनुवादक तथा अन्वेषक’ सम्मान २०७९ लेखक तिलकप्रसाद लुइँटेल, ‘जनआकाश शिक्षा’ सम्मान २०७९ मनास्लु कलेजका कार्यकारी निर्देशक मीनकुमार मोक्तान, ‘जनआकाश बैङ्किङ’ सम्मान २०७९ एभरेस्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ‘कवि एवं साहित्यकार’ सम्मान २०७९ कवि एवं साहित्यकार विनोद नेपाललाई सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस