प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल गर्न बाबुराम पेरिस डाँडा पुगे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल गर्न बाबुराम पेरिस डाँडा पुगे


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका बाबुराम भट्टराई माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पुगेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्र राय यादव र सह अध्यक्ष गङ्गानारायण श्रेष्ठसहित पेरिस डाँडामा पुगेका हुन् ।

माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

मङ्गलवार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

उक्त निर्णयबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मङ्गलवार दिउँसो निर्वाचन अयोग प्रस्थान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस