२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् । 

शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’

‘बिपी स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीको भनाई छ ।

दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्वारी जोड्ने केबुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत् तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्त्वपूर्ण परियोजना सुरु गरिने जनाए ।

मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारु कल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्र ज्योति सङ्घ, उद्यमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न सङ्घ संस्थाहरूले सम्मान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस